बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।

आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो । हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो ।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
1 km/h
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ