Ad imageAd image

वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । ओखलढुङ्ग पत्रकार समाजले पूर्व मन्त्री समेत रहेका वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ ।

समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले अभिनन्दन पत्रकासाथ दोसल्ला ओढाएर सम्मान गरे ।

नेपाली पत्रकारिता जगतमा विशिष्ट योगदान गरेका दाहाललाई मैतीदेवीस्थित निवासमा एक कार्यक्रमकाबीच समाजले अभिनन्दन गरेको ओखलढुंगा पत्रकार समाजका महासचिव जीवन शर्माले जानकारी दिए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मनुभएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् ।

- Advertisement -
Ad imageAd image

विसं २०५६ मा ओखलढुङ्गा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित दाहाल २०६१ मा कृषि तथा सहकारीमन्त्री भएका थिए ।

दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ लागेर पत्रकारितामा खरो उत्रने सामथ्र्य राखेको सहभागी बरिष्ठ पत्रकारहरुले चर्चा गरेका छन । वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उनले पु–याएको योगदानको प्रसंसा गरे ।

‘जतिबेला पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उनले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन’, दाहालले भने, ‘उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।’ सम्ममानित बरिष्ठ पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा ओखलढुंगा पत्रकार समाजप्रति आभार प्रकट गरे । उमेरका हिसावले पनि इतिहासका घटनाक्रमलाई विर्सदै गएका दाहालले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् ।

उनले पहिला र अहिलेको पत्रकारिताको विन्नताका बारेमा समेत सचेत गराए । गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालिसकेका दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पु–याउएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए ।

लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा निरन्तर लागि रहेका दाहाल ओखलढुंगासँगै सिंगो प्रेस जगतका लागि एउटा प्रेरणाको श्रोत भएको अधिकारीको भनाई छ ।

ओखलढुङ्गा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइराला, विनोद दाहाल, बद्रीकाजी गुरुङ, सलोजा दाहाल, कुम्भराज राईलगायतको उपस्थिति रहेको थियो ।

ओखलढुंगा समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई सङ्गठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले पहिलो पटक विशिष्ट व्यक्तित्व होमनाथ दाहाललाई अभिनन्दन गरेर समाजका गतिविधिलाई अघि बढाउन थालिएको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
overcast clouds
27° _ 27°
59%
3 km/h
शनि
26 °C
आइत
30 °C
सोम
28 °C
मंगल
25 °C
बुध
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ