संवाददाता
काठमाडौंः नागढुंगाबाट प्रहरीले ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेहरू भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेको छन् ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेका उनीहरूलाई बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले नियन्त्रणमा लिएको हो।