सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारण सभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गतिको अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताउनुभयो । कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ । साहित्यिक परिषद्का संस्थापक अध्यक्ष केशव गिरीले यस क्षेत्रका भाषा, साहित्य संरक्षणमा अझ सशक्त रूपमा लैजान नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो । साहित्यिक परिषद्ले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ । साथै आजै परिषद्को ‘खसानी’ गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको छ । यो विशेषाङ्कमा २०७४ देखि हालसम्ममा मध्यपश्चिमका साहित्यिक अवस्थाका सम्बन्धमा सिर्जना गरिएका विभिन्न लेख, रचना समेटिएको छ ।
संस्कार, संस्कृतिको जगेर्नामा लाग्न नयाँ पुस्तालाई मन्त्री शर्माको आग्रह

प्रतिक्रिया
ट्रेन्डिङ
काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन…
काँग्रेसलाई नयाँ ऊर्जा दिन जरा अभियान : महामन्त्री पौडेल
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान…
एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा
जनकपुर । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने…
सुशासन र भ्रष्टाचार मूल्याङ्कन गर्न आइएमएफ टोली नेपाल भ्रमणमा, सुधार सिफारिस तयारी
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन…

