काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले आज गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो। प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उहाँहरूसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो। छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने एनआरएनएको प्रतिबद्धता

प्रतिक्रिया
ट्रेन्डिङ
‘आदर्श दिव्य दर्पण’को १६औँ शृङ्खलामा ‘मानवताका आवाजहरू’ गुञ्जियो
बैंकक – अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा नर्स दिवसको पावन अवसर पारेर 'साहित्य मन थाइल्याण्ड'ले आफ्नो…
प्रतिनिधिसभामा राष्ट्रिय पोशाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसद गुरु बरालको प्रश्न
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका…
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय…
चीनमा चालकविहीन सवारी साधनहरूको प्रयोग बढ्दो, यसरी दिइरहेका छन् सेवा
चालकविहीन सवारी साधनहरूले चीनको यातायातको भविष्यलाई नयाँ गति दिने संकेत गरेको छ । चीनका सडकमा…

