प्रेम विवाहको विषयलाई लिएर नवलपरासी पश्चिमको बेलासपुरमा झडप, प्रहरीको गाडीमा समेत आगलागी

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् ।

झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट थप ५० प्रहरी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरका अनुसार झडप नियन्त्रणका लागि थप प्रहरी परिचालन गरिएको हो।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको सुरु भने हिजो ९सोमबार० साँझ भएको थियो, जब स्थानीय एक समूहले एक व्यक्तिलाई कुटपिट गरेका थिए। सोही विषयलाई लिएर आज विवाद चर्किएको बताइएको छ।

प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा विवाद समाधानका लागि छलफल जारी रहेको वडाध्यक्ष गोधनप्रसाद हरिजनले जानकारी दिए।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ