१३ किलो लागूऔषध गाँजा सहित महिला पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट  । बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न.१ बस्ने बर्ष ५० की सुशिला गोलेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय बाराले आज बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । जितपुरसिमरा उपमहानगर पालिका .३ बजनी विरगंज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधबार खटिएको चेकिङ टोलिले माईक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यलय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटाँैडाबाट विरगंज तर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो ।

माईक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुइ पोका गाँजा फेला पारेको उनले जानकारी दिए । लागुऔषध गाँजा सहित पक्राउ परेको  महिला  नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
82%
शुक्र
21 °C
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ