३३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नेपाली ओरेगन समाज अमेरिका

प्रज्वला खड्का
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।

आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति १ सय अमेरिकी डलर रूपैयाँ आर्थिक सहयोग गर्न गइरहेको सेवा र विकासका लागि युवाका कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिनु भएको हाे ।

शिक्षा पत्रकार समुहकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले स्थानीय सरकारकाे समन्वय र सिफारिसमा माध्यमिक तहमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका, गरिब, दलित, पिछडिएका वर्ग, असाहाय विद्यार्थीहरूलाई जनही १ सय डलर दिने घाेषणा गरेको आयोजकले जनाएको छ ।

ओरेगन नेपाली समाजका सल्लाहकार भरत वास्काेटाले विगतका वर्षहरूमा व्यक्तिगत समन्वयको आधारमा उक्त छात्रवृत्ति वितरण गर्दै आएकोमा यस वर्षदेखि भने सेवा र विकासका लागि युवाकाे समन्वयमा ३३ जना नेपाली विद्यार्थीहरूलाई जनही १ सय डलर छात्रवृत्ति प्रदान गर्न गइरहेको बताउनु भएको थियोे ।

यस वर्षबाट सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम झापा, माेरङ्ग, धनुषाकाे जनकपुर, सिन्धुली, चितवन, काठमाडौं, नवलपरासी, रूपन्देही, तनहुँ, गाेरखा, रसुवा, नुवाकोट, कास्की, दाङ्ग, बाँके, सुर्खेत, कास्की, कैलाली र कञ्चनपुर गरि १९ जिल्लाका २७ वटा सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गर्ने आयोजकले जनाएको छ । स्थानीय तह र विद्यालयहरूकाे समन्वयमा विद्यार्थीहरू छनाैट गरि सकेकाे र यही नयाँ भर्ना वर्ष २०८२ बाटै सबै विद्यालयमा विद्यार्थीले पाउने वापतकाे छात्रवृत्ति रकम पठाउने प्रबन्ध मिलाइएको कार्यक्रम संयाेजक प्रकाश शर्माले जानकारी दिनुभएको छ ।

सेवा कार्यमा सकृय रूपमा काम गर्दै आइरहेको सेवा र विकासका लागि युवाले विगतका दिनहरूमा बारामा गएको हावाहुरीबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण, कपडा बैंक सञ्चालन, नि:शुल्क कम्प्युटर तालिम, सीप विकास तालिम, जाजरकोटका भूकम्प प्रभावित ५०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान जस्ता दर्जनौं कार्यहरू विभिन्न संघ संस्थाहरू प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , सेवा इन्टरनेशनल, ओरेगन समाज नेपाल, चितवन जेसिस लगायत अन्य संस्थाहरूसँग समन्वय गरि कार्यहरू गर्दै आइरहेकोले अमेरिकामा रहेको नेपाली युवाहरूकाे संस्था ओरेगन समाज नेपालसँगकाे सहकार्यमा उक्त छात्रवृत्ति वितरण गर्न गइरहेको संस्थाका आर्थिक सल्लाहकार अर्पण पाैडेलले जानकारी दिनु भएको थियोे ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
60%
4 km/h
मंगल
21 °C
बुध
24 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ