Ad imageAd image

समाजवादी महिला सङ्घको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला सङ्घ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ ।

सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला सङ्घकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।

बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको यादवले बताइन् ।

संगठनले स्थानीय तह, जिल्ला समितिहरुका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरुमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवशेनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ । जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृसङ्गठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृसङ्गठनहरुलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । 

- Advertisement -
Ad imageAd image

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
scattered clouds
15° _ 15°
82%
1 km/h
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ