Ad imageAd image

देशमा निराशाको व्यापार भइरहेको छ : अजयबाबु सिवाकोटी

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालले समाजलाई बहकाएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रामेछापको नवौँ साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै सिवाकोटीले सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरिएको बताए ।

समाजलाई भ्रमित बनाउने कुरालाई निरुत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुन् भन्ने कुरा नागरिकले पत्याइ रहेका छन्, सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य होइन, यो कुरा नागरिकलाई बुझाउन आवश्यक छ, यो भ्रमबाट नागरिकलाई मुक्त बनाउनुपर्छ’, उनले भने ।

सामाजिक सञ्जालमा आएका धेरै कुराहरू राजनीति दलका विरुद्धमा आइरहेका बताउँदै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए । ‘आज देशमा निराशाको व्यापार भइरहेको छ, असन्तुष्टिको जगमा असन्तुष्टिलाई देखाएर व्यवस्था विरोधीहरू निराशाको व्यापार गर्न लागेका छन्’, उनले भने ।

- Advertisement -
Ad imageAd image

निराशाको व्यापार गर्नेलाई जतिधेरै मसला दियो त्यति नै देश र व्यवस्था जोखिममा पर्ने उनले बताए । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दल बिचको सम्बन्धलाई, पत्रकार र राजनीतिक दल बिचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।

युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका महासचिव दिलीप पौडेल, नेपाली कांग्रेस रामेछापका पूर्वसभाति रामचन्द्र खड्का, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का लगायतले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
95%
शुक्र
26 °C
शनि
23 °C
आइत
26 °C
सोम
25 °C
मंगल
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ