शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’

उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’

आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान अनुरोध गरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ