आगलागी अपडेट :  रेष्टुरेन्टको मात्रै करिब १२ लाख क्षति

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् ।

शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हँुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् ।

‘लगभग दुई बजेतिर आगोलागी भएको खबर आयो । अफिस नजिकै भएको भएर धँुवा पनि देखियो र तत्काल दमकललाई खबर गर्यौं । दमकल पनि तुरुन्तै ८ वटा दमकल, ४÷५ वटा पानी ट्याङकरमार्फत आगो नियन्त्रणमा आयो । भौतिक क्षति भएपनि मानवीय क्षति भएन । घरहरु र पसलहरु पूर्ण नष्ट छन् । आगलागीमा नजिकै रहेका पसलहरुमा क्षति पुगेको छ । बच्चा र बच्चाको आमालाई प्रहरीले तत्काल उद्दार गर्न सफल भयो,’ उनले भने ।

उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए ।

रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ