काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमाआयोजनाहुनलागेको एकतामहाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
शनिवारदेखि काठमाडौँमा सुरु हुनलागेको महाधिवेशनकालागिविभिन्न देशबाट सयौँको सङ्ख्यामाप्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशनहुननदिन गरिएकाविभिन्नअवरोधकाबाबजुदठूलो सङ्ख्यामाप्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमाउल्लेख छ ।
समितिले आजशुक्रवार, १९ वैशाख (मे २) दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमादर्ता शुल्कबुझाएर एकताको महाधिवेशनमा सहभागीहुन अनुरोध गरेको छ ।
‘एनआरएनएउच्चस्तरीय समितिकानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिकबुद्धिमत्तामाविश्वास गर्दछ। विगतकाविवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्धढङ्गले अगाडीबढाउन सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिकाआधारमा पारदर्शी किसिमले गएको झन्डै ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ’ समितिकी सदस्य सचिवजानकी गुरुङद्वारा जारी विज्ञप्तिमाभनिएको छ।
समितिको सचिवालयमा बैङ्ककाकर्मचारीद्वारा डेलिगेट शुल्कबुझ्ने र निर्वाचन समितिको गैरीधारास्थितकार्यालयमाप्रमाणीकरण गर्ने कामभई रहेको जानकारी गराउँदै समितिले जतिसक्दो छिटो सचिवालयमागएर आवश्यककागजात सहितदर्ता शुल्कबुझाउन सम्पूर्ण डेलिगेट्सहरुलाई अनुरोध पनि गरेको छ।


