Ad imageAd image

पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताएकी छन् ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उनले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताइन् ।

उनले भनिन्, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’

यस्तै, उनले पत्रकार माथि दुरव्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।

- Advertisement -
Ad imageAd image

आज विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्न लागेको पनि उनले जानकारी दिएकी छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
42%
3 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
30 °C
आइत
30 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ