Ad imageAd image

चीनमा भूकम्पबाट १२७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।


गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । त्यहाँ माइनस १७ डिग्री तापक्रम रहने अनुमान छ ।

सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् । सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा धेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।

“म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन”, उक्त घरका बासिन्दा वेनचाङले भन्नुभयो, “म अब यो घरमा बस्न सक्तिनँ किनकि यो धेरै खतरनाक छ, मेरा आफन्तलाई अन्यत्र कतै सारिएको छ ।”

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
94%
शनि
17 °C
आइत
18 °C
सोम
26 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ