काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुननिर्माण गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ । बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । सहरी विकासमन्त्री सीता गुरूङले विहान १० बजे प्रधानमन्त्री दाहालले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिनुभयो । यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए । प्रधानमन्त्री दाहालले एक महिनाअघि आफ्नो कार्यकक्ष सारेका थिए ।
मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबारको नयाँ बैठक कक्षमाबाट पहिलो पटक सुरु

प्रतिक्रिया
ट्रेन्डिङ
धरानमा अग्रवाल समाजद्वारा महारानी माधवीजीको ५१४७औँ जन्म जयन्ती श्रद्धापूर्वक मनाइयो
धरान । अग्रवाल समाजकी कुल माता तथा महाराजा अग्रसेनजी महाराजकी अर्धाङ्गिनी महारानी माधवीजीको ५१४७औँ जन्म…
धरानलाई समर्पित ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक, एआई प्रविधिको प्रयोग
धरान l प्रविधि मैत्री बदलिँदो सन्सर सँगै अगाडि बढिरहेको गीत सङ्गीतको दुनियाँमा धराने गीतकार रमेश…
धरानको नयाँ स्मार्ट बसपार्कबाट सार्वजनिक सवारी सञ्चालन सुरु, भानु चोकबाट बस छुट्ने व्यवस्था अन्त्य
धरान । धरान–८ मा निर्माण गरिएको नयाँ स्मार्ट बसपार्कबाट शुक्रवार बिहानदेखि लामो तथा छोटो दूरीका…

