Ad imageAd image

थाइल्याण्डका स्रष्टाहरूले सम्झिए कविशिरोमणिलाई: भर्चुअल माध्यमबाट १४१ औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक- थाइल्याण्डमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ ले कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ। आइतबार भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा थाइल्याण्ड, नेपाल र म्यान्माका स्रष्टाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कविशिरोमणिको योगदान र संस्मरण कार्यक्रमकी प्रमुख अतिथि, वरिष्ठ साहित्यकार रमा शर्माले कविशिरोमणिको नेपाली साहित्यमा रहेको अतुलनीय योगदानबारे चर्चा गर्नुभयो। उहाँले आफ्नो मन्तव्यका क्रममा कविशिरोमणिको ऐतिहासिक रथारोहण प्रत्यक्ष देख्न पाएको रोचक र गौरवपूर्ण अनुभव समेत सुनाउनुभएको थियो।

त्यसैगरी, विशिष्ट अतिथि मा वरिष्ठ कवि प्रह्लाद पोख्रेलले कविशिरोमणिको ‘हिमाल’ र आफ्नो ‘तिम्रै स्वर्णिम सृष्टिबाट कविता सुनाउनु भएको थियो भने अतिथि साहित्यकार युवराज नयाँघरेले पनि पौड्याललाई नेपाली मौलिकता र माटोको सुगन्धलाई कवितामा उतार्ने कालजयी कविका रूपमा स्मरण गर्नुभयो।

कविता वाचन र श्रद्धाञ्जली कार्यक्रममा सहभागी स्रष्टाहरूले कविशिरोमणिका रचनाहरूको वाचन गर्नुका साथै उहाँप्रति समर्पित आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए:

- Advertisement -
Ad imageAd image

रमेश शिवाकोटी: म्यान्माको गुरुकुल शिक्षामा पौड्यालका रचना पढेको अनुभवसहित ‘कल्पद्रुम’।

जीवनपानी: ‘मलाई पशुपति लैजाऊ’। रुपा पौडेल साम्भवी: ‘अन्तिम साँचो’।

अवधि भाषामा सिर्जना: नागेन्द्र यादवले अवधि भाषाको ‘कठरी’ कविता सुनाउनुभएको थियो।

यसका साथै रोशन शिवाकोटी, कैलाश पौडेल, सनतकुमार आचार्य, राज पौडेल, भीमलाल खनाल, हरिप्रिया रिजाल र विदुर अधिकारीले पनि आ-आफ्ना कविताहरू वाचन गर्नुभएको थियो। प्रवासमा नेपाली साहित्यको जगेर्ना वक्ताहरूले नेपाल बाहिर रहेर पनि कविशिरोमणि जस्ता राष्ट्रिय विभूतिको जन्मजयन्ती मनाउनु आफैँमा सराहनीय कार्य भएको बताए। साहित्य मन थाइल्याण्डको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रमले प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको सहभागीहरूको ठहर थियो।

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपा राना र रविचन्द्र अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
94%
3 km/h
बिहि
19 °C
शुक्र
18 °C
शनि
22 °C
आइत
21 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ