थाई बालदिवस तथा शिक्षक दिवसको अवसरमा ‘साहित्य मन थाइल्याण्ड’ द्वारा विशेष रचना वाचन कार्यक्रम सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्याण्डमा नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ को नियमित कार्यक्रम ‘आदर्श दिव्य दर्पण’ को आठौँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ । थाई बालदिवस तथा शिक्षक दिवसको विशेष सन्दर्भ पारेर आइतबार राति भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली र थाई दुवै भाषामा सिर्जनाहरू वाचन गरिएका थिए ।

कार्यक्रममा विशेष आकर्षणको रूपमा रहेका बालबालिकाहरू राज निरौला, खुशी बराल, अनमोल बराल, उषा भट्टराई, सुथेप बानियाँ र जिया खड्काले थाई भाषामा कविता वाचन गर्नुभएको थियो । स्थानीय थाई संस्कृति र नेपाली परिवेशको भावनात्मक एकता झल्काउने उद्देश्यले योगेन्द्र पोयेकरले कार्यक्रमको एउटा खण्ड थाई भाषामै सञ्चालन गर्नुभएको थियो । त्यसैगरी, नेपाली भाषातर्फ कविहरू रविचन्द्र अधिकारी, भीमलाल खनाल र ज्योति पोख्रेल लगायतका सर्जकहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

नेपालबाट प्रमुख अतिथिको रूपमा आमन्त्रित वरिष्ठ साहित्यकार युवराज नयाँघरेले प्रवासमा नेपाली साहित्यको यस प्रकारको सक्रियता र नयाँ पुस्तालाई जोड्ने प्रयास सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा थाइल्याण्डबाटै गुरुवर दिपक पराजुली विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो । साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन सचिव दीपा रानाले गर्नुभएको थियो । परदेशमा रहेर पनि नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कारसँग जोड्न यस्ता कार्यक्रमले थप उर्जा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

सेयर: 19
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ