Ad imageAd image

अधुरा वाचा, नयाँ उम्मेदवारीधरान छोडेर सुनसरी–१ तर्फ हर्क साङपाङ : मतदाताको भरोसा परीक्षणमा

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

स्थानीय तह निर्वाचनअघि धरान उपमहानगरपालिकाका मेयरका रूपमा हर्क साङपाङ राईले जनतामाझ २७ बुँदे विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका थिए। “सुशासनयुक्त धरान, भ्रष्टाचारमुक्त धरान” को नाराले उनको चुनावी अभियानलाई बलियो बनायो र उनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक जित हासिल गरे।

तर कार्यकालको बीचमै मेयर पदबाट राजीनामा दिएर हर्क साङपाङ अहिले आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। यसले उनको राजनीतिक महत्वाकांक्षा मात्र होइन, धरानवासीप्रति गरिएको प्रतिबद्धताको नैतिकता र विश्वसनीयता माथि गम्भीर प्रश्न खडा गरेको छ।

२७ बुँदे वाचा : कागजमा बलियो, धरातलमा कमजोर

खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने, वैज्ञानिक बिल प्रणाली लागू गर्ने, स्वास्थ्य र शिक्षामा संरचनात्मक सुधार ल्याउने, सडक र सरसफाइ व्यवस्थित गर्ने, रोजगारी सिर्जना गर्ने र महँगी नियन्त्रण गर्ने जस्ता विषय उनका मुख्य चुनावी वाचा थिए।

- Advertisement -
Ad imageAd image

तर धरानका धेरै वडामा आज पनि खानेपानी अनियमित छ। फोहोर व्यवस्थापन दीर्घकालीन समाधानमा पुगेको छैन। स्वास्थ्य, शिक्षा र बजार व्यवस्थापनमा ठोस नीतिगत सुधार देखिएको छैन। यी विषयमा जनगुनासो बढ्दै जाँदा, ती वाचा कत्तिको कार्यान्वयन भए भन्ने प्रश्न अझै अनुत्तरित छन्।

राजीनामा : जिम्मेवारीबाट पलायन कि रणनीतिक कदम ?

हर्क साम्पाङले संघ र प्रदेश सरकारसँगको समन्वय अभाव, बजेट सीमितता र प्रणालीगत अवरोधलाई कारण देखाउँदै आएका छन्। तर आलोचकहरू भन्छन्, यी समस्या नयाँ होइनन्। यिनै अवरोधबिच काम गरेर परिणाम निकाल्नु नै नेतृत्वको परीक्षा हो।

धरानवासी नागरिकहरू सोधिरहेका छन् —

“जसलाई परिवर्तनको प्रयोगशाला बनाउने भनिएको धरान नै अधुरो छोडेर अर्को चुनावमा जानु कत्तिको जिम्मेवार राजनीति हो ?”

चुनावी विश्वसनीयताको प्रश्न

सुनसरी क्षेत्र नं. १ का मतदाताले अब केवल भाषण होइन, अघिल्लो जिम्मेवारीमा देखिएको परिणाम हेरेर निर्णय गर्ने अवस्था आएको छ। धरानमा अधुरा रहेका वाचा नयाँ क्षेत्रमा कसरी पूरा हुन्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, हर्क साङपाङको उम्मेदवारी अब केवल चुनावी प्रतिस्पर्धा होइन, उनको शासन शैली, प्रतिबद्धता पूरा गर्ने क्षमता र राजनीतिक निरन्तरताको जनमत सङ्ग्रह हो।

मतदाताको अधिकार, नेताको जबाफदेहिता

चुनाव लोकतन्त्रको आधार हो। तर चुनावी वाचा पूरा नगरी नयाँ पदका लागि उम्मेदवार बन्नु सामान्य अभ्यास बन्दै जानु लोकतन्त्रकै लागि चिन्ताको विषय भएको जानकारहरूको भनाइ छ।

धरानका लागि गरिएको २७ बुँदे प्रतिबद्धता अधुरै छोडेर अगाडि बढेका हर्क साङपाङ अब सुनसरी–१ का मतदातासामु उभिएका छन्। अब प्रश्न उनीसँग मात्र होइन, मतदातासँग पनि छ —

के अधुरा वाचालाई स्वीकार गरेर फेरि विश्वास गरिन्छ ?

यो चुनाव केवल जित–हारको विषय होइन, राजनीतिक जिम्मेवारी र सार्वजनिक विश्वासको फैसला हो।

सेयर: 69
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
1 km/h
शनि
32 °C
आइत
33 °C
सोम
30 °C
मंगल
29 °C
बुध
29 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ