बैंकक। थाई नेपाली सङ्घ सिलोम उपशाखा समितिको नवनिर्वाचन मिति १ फेब्रुअरी २०२६ मा सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनबाट २०२६–२०२८ को कार्यकालका लागि उपशाखाको अध्यक्ष पदमा यामबहादुर कार्की निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष कार्की तथा कार्यकारिणी समितिलाई थाई नेपाली सङ्घ बैंककले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। बैंकक शाखाका अनुसार कार्कीको नेतृत्वमा सिलोम उपशाखा अझ सशक्त, एकताबद्ध र सक्रिय बन्दै प्रवासी नेपाली समुदायको हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।
थाई नेपाली सङ्घ सिलोम उपशाखा थाइल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबिच आपसी सहयोग, सामाजिक एकता र सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएको छ। नयाँ नेतृत्वसँगै यी गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।




संवाददाता






