Ad imageAd image

विश्वसामु नेपाली युवाको सान: प्रलाद चौहानले प्राप्त गरे ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपालका प्रभावशाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित विश्व कीर्तिमानसँग जोडिन सफल भएका छन्। चौहानलाई अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’ द्वारा विशेष सम्मान प्रदान गरिएको हो। भारतको गोवास्थित बागा समुद्र तटमा आयोजित एक भव्य अन्तर्राष्ट्रिय समारोहका बीच चौहानलाई यो महत्वपूर्ण उपलब्धि हस्तान्तरण गरिएको थियो। बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स र परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका चौहानलाई उनको प्रभावकारी नेतृत्वदायी भूमिका र व्यावसायिक उचाइको कदर गर्दै ‘गतिशील युवा उद्यमी’ विधामा उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

नरुलाज एन्ड कम्पनी (इभेन्ट्स) को व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। ताप्लेजुङ जस्तो दुर्गम जिल्लाबाट काठमाडौं आएर उद्यमशील क्षेत्रमा आफूलाई स्थापित गराउन सफल चौहानको यात्रा निकै प्रेरणादायी मानिन्छ। स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानलाई प्रशंसा गर्दै आयोजकले उनको कार्यले व्यावसायिक सफलता र सामाजिक उत्तरदायित्वबीच सुन्दर सन्तुलन कायम गरेको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि चौहानले यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि सामूहिक प्रयासको प्रतिफलका रूपमा अथ्र्याएका छन्। यो सफलता आफ्नो परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीहरूको साथ र विश्वासका कारण सम्भव भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस्ता उपलब्धिले नेपाली युवाहरूमा अद्भुत क्षमता, दूरदृष्टि र लक्ष्यप्रति प्रतिबद्धता रहेको सन्देश विश्वसामु पुर्‍याएको विश्वास व्यक्त गरे।

आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौहानले संघर्षबाटै सफलताको जग बस्ने धारणा राखेका छन्। आफू पनि भुइँतह (ग्रासरुट) बाटै संघर्ष गर्दै यो स्थानसम्म आइपुगेको स्मरण गर्दै उनले इमानदार कर्म गरे त्यसको फल अवश्य मिल्ने बताए। व्यवसायका साथसाथै कलाकारिता र राजनीतिक क्षेत्रमा समेत बलियो प्रभाव र पहुँच राख्ने चौहानले आफ्ना उद्यममार्फत धेरैलाई रोजगारी समेत प्रदान गरेका छन्। विशेषगरी कोभिड महामारीको कठिन समयदेखि हालसम्म पनि उनी निरन्तर समाजसेवा र मानवीय सहायतामा सक्रिय रहँदै आएका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
57%
2 km/h
मंगल
26 °C
बुध
28 °C
बिहि
24 °C
शुक्र
21 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ