Ad imageAd image

‘थाइल्याण्ड नेपाल डटकम’काे समाचारप्रति डा. बद्री केसीको खण्डन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

‘एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा: विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम’ शीर्षकमा प्रकाशित समाचारप्रति गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष तथा नेपाली मूलका रसियन नागरिक डा. बद्री केसीले खण्डन गरेका छन्।

यस्ताे छ केसीकाे खण्डन

सिस्ने हिमाल मिडिया प्रा. लि द्वारा संचालित ‘थाइल्याण्ड नेपाल डटकम’ अनलाइनमा मेरो नाम जोडेर भ्रामक, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित तथा प्रसारित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त समाचारमा उल्लेख गरिएका कुनै पनि परियोजना, लगानी संकलन, कारोबार वा अन्य कुनै पनि गैरकानुनी वा शंकास्पद आर्थिक गतिविधिसँग मेरो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पार्दछु।

- Advertisement -
Ad imageAd image

मेरो नामलाई आधारहीन रूपमा जोडेर चरित्रहत्या गर्ने उद्देश्यले यस्ता गलत सूचना फैलाइएकोप्रति म कडा आपत्ति जनाउँछु। यस्ता भ्रामक समाचारहरूले व्यक्तिगत प्रतिष्ठासँगै सम्बन्धित संस्थाको छविमा समेत नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिहरुको घोर भत्सर्ना गर्दछु।

साथै, सम्बन्धित पक्षलाई तथ्यमा आधारित, जिम्मेवार र प्रमाणित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गर्दछु। यस्ता भ्रमपूर्ण तथा कपोलकल्पित सामग्री पुनः नदोहोर्याउन समेत आग्रह गर्दछु।

यो क्रम नरोकिए यस विषयमा कानुनी उपचारको बाटो अपनाउने समेत जानकारी गराउँछु।

डा. बद्री केसी
निवर्तमान अध्यक्ष
गैरआवासीय नेपाली संघ

सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ