Ad imageAd image

बाल गीत

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने
मातृभाषा पढ्नुपर्छ, क ख ग घ लौ, 
आफ्नो भाषा बोली हामी, कहिले नबिसौं ।

क ख ग घ सिकौं सबै, शिक्षा ज्योती छरी
आमा बोली मिठो भाषा, मनमै राखौं भरी।
स्कूल जाँदा, घरमा बस्दा, आफ्नै भाषा बोलौं,
हाम्रो संस्कार, हाम्रो चिनारी, सँगै अघि बढौं।
मातृभाषा पढ्नुपर्छ, क ख ग घ लौ,
आफ्नो भाषा बोली हामी, कहिले नबिसौं ।

हास्दै खेल्दै पढौं लेखौं, साथी सबै मिली,
हाम्रो भाषा माया गरौं, मुटुभित्र राखी।
बाबा आमा, गुरुज्यूको, कुरा ध्यानले सुनौं,
मातृभाषा माया गरी, राम्रो मान्छे बनौं।
मातृभाषा पढ्नुपर्छ, क ख ग घ लौ,
आफ्नो भाषा बोली हामी, कहिले नबिसौं ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
79%
1 km/h
शनि
21 °C
आइत
29 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ