Ad imageAd image

‘साहित्य मन थाइल्याण्ड’द्वारा ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला असार पन्ध्र विशेष रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक- साहित्य मन थाइल्याण्डको आयोजनामा गत आइतबार ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला अनलाइन माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ। असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित यसपटकको विशेष शृङ्खलालाई ‘संस्कृति र सिर्जनाका आवाज’ नाम दिइएको थियो। प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल तथा थाइल्याण्डका स्थापित एवं प्रबासी साहित्यकारहरूले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरूले असार, माटो र जीवनका विविध आयामहरू समेटिएका कविताहरू वाचन गर्नुभएको थियो। यसै क्रममा कवि कलानिधि दाहालले ‘असार सारको घर’, ‘पन्ध्र असारको बेला’ र ‘खाली खाली रहेँ’ शीर्षकका कविताहरू सुनाउनुभयो। अर्का आमन्त्रित कवि कृष्ण बाउसेले ‘के आज असार पन्ध्र हो ?’, ‘कपुतनामा’ र ‘उसले आकासमा बिष घोलिरहँदा’ कविताहरू वाचन गर्नुभयो भने भरत आचार्यले ‘धानको रैथाने बिउ’, ‘विकासले चिथोरेको म पहाड’ र ‘साला भकुन्डोजस्तो जिन्दगी’ मार्फत आफ्ना भावना पोख्नुभयो। त्यसैगरी कवयित्री अस्मिता विष्टले ‘हरेक युगमा जन्मनसक्छ कुपात्र’, ‘अनुष्ठानमा उच्चारित मन्त्रझैँ’ र ‘बदमास झरी’ जस्ता उत्कृष्ट कविताहरू सुनाउनुभएको थियो।

परदेशमा रहेर पनि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि क्रियाशील थाइल्याण्डका स्थानीय कविहरूले पनि कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। थाइल्याण्डबाट सहभागी कविहरूमध्ये रविचन्द्र अधिकारीले ‘अपूर्ण खुसी’ र राज पौड्यालले ‘देशको सुख किन्ने रहर’ कविता सुनाउनुभएको थियो। साथै, भीमलाल खनालले ‘माटोका देव’ कविता वाचन गर्नुका साथै वरिष्ठ गायक धर्मराज थापाको ‘हरियो डाँडा माथि’ बोलको प्रसिद्ध गीत गाएर कार्यक्रमलाई अझ सङ्गीतमय बनाउनुभएको थियो।

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त भव्य कार्यक्रमको सुमधुर सञ्चालन संस्थाका सचिव दीपा रानाले गर्नुभएको थियो। प्रविधिको माध्यमबाट विश्वभर छरिएका नेपाली मनहरूलाई जोड्दै नेपाली कला, संस्कृति र साहित्यको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
75%
2 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ