Ad imageAd image

हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । साहित्यकार सचितानन्द घिमिरेले हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान गर्नुभएको छ। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सम्भावना देख्ने युवाले सफलता प्राप्त गर्ने बताउनुभयो।


“आजको युवा प्रविधिमैत्री छ¸” कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका उहाँले भन्नुभयो¸ “युवाले आफूसँग भएको स्रोतसाधनलाई सदुपयोग गर्न सक्यो भने युवाको भविष्य सुनिश्चित हुन्छ।” युवाको प्रगति हुनु भनेको देश¸ विश्व र मानव समुदायकै प्रगति हुने उहाँको भनाइ थियो। व्यवहार र जीवनलाई जोड्न सक्नेले सफलता प्राप्त गर्ने बताउँदै उहाँले विगत र वर्तमानलाई जोड्न समेत युवालाई आग्रह गर्नुभयो। युवाहरू असफलताबाट हरेस नखान र निराशाबाट टाढा रहनुपर्ने उहाँको भनाइ थियो।


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले ‘आदर्श दिव्य दर्पण’ को २३ औं शृङ्खला अन्तर्गत ‘आजको युवा¸ भोलिको नेतृत्व’ कार्यक्रम आयोजना गरेको थियो। भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले समेत आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रममा भीमलाल खनाल र दीपा रानाले रचना वाचन गर्नुभएको थियो।


साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रविचन्द्र अधिकारीले गर्नुभएको थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
73%
4 km/h
शुक्र
26 °C
शनि
26 °C
आइत
22 °C
सोम
23 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ