काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । र्याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो । नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरुमा र्याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्याफ्टिङ सञ्चालन गर्न सकिने बताउनुभयो । गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्याफ्टिङ परीक्षण गरिएको थियो ।
राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि परीक्षण सफल

प्रतिक्रिया
ट्रेन्डिङ
थाइल्याण्ड भिसा प्रक्रियामा नेपालीलाई कडाइ: अधिकांश आवेदकलाई अन्तर्वार्ता अनिवार्य, ६० प्रतिशतसम्म अस्वीकृत
बैंकक- थाइल्याण्ड सरकारले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। रोयल थाई राजदूतावासले यस…
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास…
एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा : विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेटवर्क दुरुपयोग गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरेर…

