उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ । 

राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गर्नुभएको छ ।

“हाम्रो संविधानले यही विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको छ, संविधानको यो मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्छ” उहाँले भन्नुभएको छ । 

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताप्रति सद्भाव राख्दै सिङ्गो मुलुकको हित र सम्पूर्ण नेपालीको एकताप्रति समर्पित हुने दिनका रुपमा राष्ट्रिय दिवस मनाउन सके हाम्रो मौलिक पहिचान ः ‘विविधता एकता’ को पृष्ठपोषण मात्र हुँदैन, हाम्रो विविधतायुक्त संस्कृति, पहिचान, परम्परालाई एकीकृत र एकाकार गर्दै अन्ततः नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन सघाउ पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
haze
18° _ 18°
63%
4 km/h
मंगल
16 °C
बुध
27 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ