खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समय देखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो । लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताउनुभयो ।
लिम्बूका १ छोरा र १ छोरी छन् ।

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुनुहुन्छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ