Ad imageAd image

न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको छ ।

संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा पर्वतीय खेलकूद क्षेत्रका वरिष्ठ संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा हुनुहुन्छ ।

त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा बिष्ट, सगरमाथा आरोही अन्तर्राष्ट्रिय माउण्टेन गाइड नीमा तासी शेर्पा, एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल ब्यवसायी बिक्रम अधिकारी र सगरमाथा आरोही पासाङ दावा शेर्पा हुनुहुन्छ ।

संस्थाको संरक्षकमा न्यूयोर्कमा वरिष्ठ व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा, प्रमुख सल्लाहकार शेर्पा केदुगका अध्यक्ष तथा वरिष्ठ समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्वकीर्तिमानी आरोही पेमदोर्जी शेर्पा हुनुहुन्छ ।

- Advertisement -
Ad imageAd image

पर्वतीय खेलहरुलाई बिस्तार गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन र अन्य सम्बन्धित संघ संस्थाले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् । स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिमा भाग लिने दिने तथा राष्टि«य अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागिताका लागि प्रोत्साहन गर्ने उद्देश्य सो संस्थाले राखेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
76%
1 km/h
आइत
22 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ