पेट्रोलियम पदार्थको मूल्य वृद्धि,चार रुपियाँले बढ्यो पेट्रोल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो ।  निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल/मटितेल प्रतिलिटरमा दुई/दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो । 

इन्डियन आयल कर्पोरेसन  (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ । 

नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १७० रुपियाँ, डिजेल/मटितेल प्रतिलिटर १५८ र ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा घट्दै आएको पेट्रोलियम पदार्थको  मूल्य अहिले आएर बढ्न गएको हो ।    

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
thunderstorm
12° _ 12°
87%
2 km/h
सोम
14 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ