रुसी सेनामा रहेका नेपालीहरू फिर्तीको माग गर्दै दूतावास अघि प्रदर्शन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — रुसी सेनामा रहेका आफ्ना परिवारका सदस्यहरुलाई फिर्ताको माग गर्दै पीडित परिवार र आफन्तहरुले मंगलबार रुसी राजदूतावास नजिक प्रदर्शन गरेका छन् । रुस युक्रेन युद्धको क्रममा हालसम्म १२ जना नेपाली मारिइसकेका छन् । अन्य कयौं रुसी सेनामा रहेको खबर आएका छन् ।

तर उनीहरुको अवस्थाबारे स्पष्ट नहुँदा परिवारजन विक्षिप्त बनेका हुन । पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट कुतु भण्डारी,सुमी राई र सीतामाया बलको तर्फबाट ज्ञापन पत्र बुझाउने तयारी छ । पीडितहरुले दूतावासनजिक प्रदर्शन गरेपछि रुसी दूतावासले ज्ञापनपत्र बुझ्न ५ जनालाई दूतावास परिसरमा बोलाएको थियो । तर, सबै जना दूतावासभित्र जान पाउने माग पीडितहरुले गरेका छन् । अहिले उनीहरु नजिकै धर्नामा छ ।

युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा मत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरु चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जवरजस्ती युद्धमा होमिनपर्ने बाध्यता, युद्धबन्दीको रुपमा नारकीय जीवन व्यतित गर्न बाध्य नेपालीहरुको दर्दनाक अवस्था प्रति संवेदनशील भई जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, सेनामा रहेको नेपाली नागरिकको सकुशल घर फिर्ताको लागि वातावरण निर्माण, रुसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रुसी राजदूतावास मार्फत् रुसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ज्ञापनपत्रमा भनिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ