हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : विदेश मन्त्री महमुद

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

    नयाँदिल्ली, २५माघ (रासस:एएनआई) :   
हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।    
    
 एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिनु भएको छ ।    
    
 महमुदले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले चुनाव पछि भारत भ्रमण गर्ने बताउदै भारत–बङ्गलादेशका समस्याको विस्तृत श्रृंखला रहेको बताउनुभयो । बङ्गलादेशको स्वतन्त्रता र स्वाधिनता प्राप्तिको आन्दोलनमा भारतीय जनता तथा सेनाले आफ्नो रगत बगाएकाले दुई राष्ट्रबीचको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।    
    
 आफ्ना भारतीय समकक्षी जयशङ्करसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दा, शक्ति साझेदारी, समन्वयलगायतका सबै मुद्दामा छलफल गरेको एएनआईलाई बताउनुभयो ।    
    
 यसअघि, बङ्गलादेशका विदेश मन्त्री महमूदले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याउने बताउनुभएको थियो ।    
    
 एएनआईसँग कुरा गर्दै महमुदले बङ्गलादेश र भारत दुई भाइचारा देशबीच राम्रो सम्बन्ध रहेको बताउनुभयो । बङ्गलादेश वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्धिपक्षिय सम्बन्धलाई बलियो बनाउने उहाँको भनाइ रहेको छ ।    
    
 विदेश मन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।    
    
 दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरतासमेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्ग खोज्न छलफल भएको छ ।    
    
 प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरेपछि बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
thunderstorm
12° _ 12°
87%
2 km/h
सोम
14 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ