रूकुम पश्चिममा गुरिल्ला म्याराथनःअर्जुन र राज्यलक्ष्मीले जिते उपाधि

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रूकुम पश्चिम । हरेक वर्ष आजैका दिन रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजना हुने गुरिल्ला म्याराथनको उपाधि पुरूषतर्फ अर्जुन राई र महिलातर्फ राज्यलक्ष्मी रावलले जितेका छन् । माओवादी सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ गते आजैका दिन हरेक वर्ष आयोजना गरिने म्यारथनको यो छैठौं संस्करण हो।

सानीभेरी—३ बेल्टापुबाट सुरू भई तिमीले —मौराखारा लेक —रिम्ना —चाईनाबगर —सिम्ली —छिबाङबाट पुनः बेल्टापु सम्मको ४८ किलोमिटर लामो दूरी ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राईले उपाधि उचाल्न सफल भए ।

रूकुम पूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुम पश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुम पश्चिमका दुर्गाराज बुढा चौथो भएका छन्।

त्यस्तै, बेल्टापुबाट सुरू भई मेघा बलिबाङ—रिम्ना— चाईनाबगर —सिम्ली —छिबाङबाट पुनः बेल्टापु सम्मको कुल ३६ किलोमिर लामो दूरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुम पश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तेस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुम पश्चिमकी कविता वस्नेत चौथो भइन ।

म्यारथनमा पुरूषतर्फका विजेतामध्ये प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई ३ हजार नगद प्रदान गरिएको सानीभेरी खेलकुद विकास समितिले जनाएको छ ।

साथै म्याराथनमा महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई नगद ३ हजार प्रदान गरिएको छ ।

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ