गोधुँलि साझमा गाईको बथान फर्कन्छ गोठमा ।
एकली आमा खुसिले रम्छे मुस्कान छ ओठमा ।।
छोरा र छोरी भित्रिन्छन् घर बाल्दछन् दियालो ।
खुसिले आमा चम्किन्छे हेर मुहारै उज्यालो ।।
चुलोमा आगो बालेर बसे आमाको साथमा ।
एकसरो हेरिन आमाले सबै बच्चाका माथमा।।
घरकि मुली आमा नै थिई गर्दछिन स्याहार ।
गाउँकि प्यारी भाग्य कि हारी उत्कृष्ट व्यवहार ।।
पर्दा र मर्दा सहयोग गर्ने सहयोगी सहयोगी ।
आफुलाई पर्दा कोई छैन सहारा वियोगी वियोगी।।
भाग्यले हार्या कर्ममा जाँगर सन्तानका मायाले ।
कर्मको फल मिल्नेछ हेर ईश्वरका छायाले ।।
भोक र तिर्खा नमानी लाज कर्म नेै पुज्ने ।
धन्य हो आमा धन्य छ आज सबैलाई बुझ्ने ।।
सत्यको बाटो सत्यको साथ सत्कर्म गर्दछिन्।
रामको जाप रामको शरण दिनरात पर्दछिन्।।
✍️✍️✍️✍️कृष्ण सिंह धामी
Recent Visitors: 5
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1