माओवादीको केन्द्र प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन जारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि विभिन्न समूहबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनुहुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ