Ad imageAd image

‘ऊनको स्वीटर’ फिल्ममा समावेश फूल गीत सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बुधबार प्रेम दिवसको अवसर पारेर ‘ऊनको स्वीटर’ फिल्ममा समावेश फूल गीत सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रहेको गीतमा सुजन चापागाईंको स्वर तथा संगीत छ।

गीतको भिडिओलाई मोसन ग्राफिक्समार्फत प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ।

अभिनेता विपीन कार्की र अभिनेत्री मिरूना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ। भिडिओमा तन्नेरी अवतारमा देखिएका विपीन र मिरूना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज शेख फिल्मका मेकअप आर्टिस्ट हुन्। ऊनको स्वीटर निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो।

केही दिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो। फिल्ममा विपीन र मिरूनासँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायत कलाकारको अभिनय छ।

- Advertisement -
Ad imageAd image

फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन्। चिन्तनराज भण्डारीले खिच्ने फिल्मलाई कृष्ण भण्डारीले छायांकन गर्नेछन्। वैशाखबाट छायांकनमा जाने फिल्म पाँचथरमा खिचिनेछ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
83%
2 km/h
बिहि
23 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ