मलेखु, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडाँैबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिनुभयो । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताउनुभयो । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।
विश्व नेपाली साहित्य महासङ्घ, म्यान्मा–थाई समन्वय शाखामा नयाँ नेतृत्व चयन : अध्यक्षमा ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणा
बैंकक, थाइल्याण्ड- विश्वका विभिन्न कुनामा पुगेका नेपालीहरूले आफ्नो भाषा, साहित्य, संस्कार तथा संस्कृतिको जगेर्ना र विस्तारलाई तीव्रता दिइरहेका बेला थाइल्याण्ड र म्यान्मामा पनि नेपाली भाषा–साहित्यको गतिविधि थप सक्रिय बन्दै गएको…


