जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा सञ्जिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि सन्ञ्विले पुनः दोस्रो गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो । यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्नेे टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ