संघीय संसदका दुबै सदनको बैंठक बस्दै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बैंठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

बैठकमा अर्थ मन्त्री डा.प्रकाश शरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै उहाँले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


यसैबीच, राष्ट्रिय सभा बैठक पनि बस्दै छ । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६(क)’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८०” पेस गर्नुहुने छ ।

त्यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नुहुने छ । भने विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्, भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
48%
6 km/h
आइत
17 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ