चलचित्र ‘डिग्री माइला’को एक क्लिपमा उद्योगपति विनोद चौधरीको ठट्टाः हैट ?’

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उद्योगपति विनोद चौधरीले नेपाली चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गर्दै दयाहाङ राईलाई व्यङग्य गर्नुभएको छ । सामाजिक सञ्जालमा भिडिओको ट्रेलरको एक क्लिप शेयर गर्दै चौधरीले मैले एक वर्षमा कमाउने तपाईले एउटै फिल्मबाट कमाउने हुनुभयो भन्दै शेयर गर्नुभएको हो ।

अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘डिग्री माइला’ प्रदर्शनीको तयारीमा छ । रिलिज हुनुपूर्व नै चलचित्रको उच्च चर्चा भइरहेको छ । वैशाख १ गते प्रदर्शन हुने यो चलचित्रको ट्रेलरले नै दर्शकको ध्यान तानिरहेको छ ।

चौधरीले सोही शेयर गरेको ट्रेलरको एक क्लिपमा सीजी ग्रुप र उनको प्रसंग छ । चौधरीले शेयर गरेको क्लिपमा दयाहाङ र माओत्सेको संवाद छ ।

भनिएको छ, दयाहाङः सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि ? यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो । माओत्से ः तैंले किन खाइनस् त ? दयाहाङः चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ? व्यङग्य गर्दै चौधरीले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ?’

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ