डा रुइतलाई गृह जिल्लामा अभिनन्दन

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

ताप्लेजुङ, नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिनुभएका डा रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुनुहुन्छ । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उहाँलाई अभिनन्दन गरिएको हो ।

मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका डा रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहनुभएको छ । यहाँ आयोजित शिविरमा उहाँ नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गर्नुभयो । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

निःशुल्क आँखा शिविरले जीवनमा उज्यालो झण्डै तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ ।

मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङहाङ पुनः उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो । योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो । फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी हुनुहुन्छ ।

केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी उहाँले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काउनुभएको हो ।

ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका एक सय ५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ