वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छ : सांसद पौडेल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं : नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताउनुभएको छ। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताउनुभएको हो। उहाँले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पार्नुभयो। 

उहाँले जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको बताउनुभयो। उहाँले विगतका अनुभवबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको भन्दै कुनै दुर्घटना नहुने बताउनुभयो। उहाँले गठबन्धनले सहयात्राको औचित्य स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। इतिहास स्प्रिङजस्तो घुम्छ। म भन्न चाहन्छु कि, यो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ। यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन। कुनै अवसरको निम्ति गरिएको सहयात्रा होइन। जनताका, राष्ट्रका समस्यालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा आरम्भ भएको सहयात्रा हो। यो फेरि विगतका अनुभवबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो। यो कुनै दुर्घटनामा पर्छ कि भनेर त्यस खालको आशङ्का नगरे हुन्छ। दुर्घटनामा परोस् भनेर अपेक्षा नगरे हुन्छ।’’ 

सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले यो प्रक्रिया स्वाभाविक संसदीय अभ्यास र परम्परा रहेको बताउनुभयो। उहाँले संवैधानिक प्रबन्ध अनुरूप नै कदम चालिएको भन्दै सोही अनुरूप बुझ्न आग्रह गर्नुभयो उहाँले एमाले सम्पूर्ण रूपले सरकारको साथमा रहने बताउनुभयो।  

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
22 °C
शुक्र
22 °C
शनि
25 °C
आइत
25 °C
सोम
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ