रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचनका विषयमा छलफल हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको रास्वपामा उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा छलफल चल्दै आएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बिहि
20 °C
शुक्र
29 °C
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ