डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव सहित चार जनाविरुद्ध मुद्दा दायर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण बिना टेन्डर भएको, होडिङ्गबोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध सो मुद्दा दायर भएको छ ।

तत्कालीन इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादवले उक्त निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झाैतामा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यवसायीलाई तीन लाख ४७ हजार रुपियाँ बढी भुक्तानी दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, गुन्जा कन्स्ट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्दप्रसाद मण्डलले निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल, भरपाईलगायतका कागजात पेश गरेको तर शर्त एवम् सम्झौताबमोजिमको कार्य नगरी भएको भन्दा बढी कार्य मूल्याङ्कन गरी तीन लाख ४७ हजार रुपियाँ भुक्तानी लिएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध बिगोसमेत जफत हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
64%
1 km/h
आइत
21 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ