Ad imageAd image

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।

“सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो”, निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भन्नुभयो, “ ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।” पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उहाँले बताउनुभयो ।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताउ ।

वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

“नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ ।” पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
57%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ