Ad imageAd image

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।

आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह शून्य दशमलव ३५, वित्त समूह दुई दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०९, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १०, होटल तथा पर्यटन एक दशमलव १४, जलविद्युत् एक दशमलव ०९, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेका छन् ।

- Advertisement -
Ad imageAd image

सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु २५ करोड ५३ लाख ८३ हजार छ सय ६२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आठ लाख ४६ हजार एक सय ४६ कित्ता शेयर किनबेच भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
42%
1 km/h
बिहि
29 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
32 °C
सोम
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ