Ad imageAd image

स्व.नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता हुने

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने



काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघीय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय स्तरको मुटकोर्ट प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेम्वाङको स्मृतिमा समर्पित राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता यही २०८१ साल भाद्र २६, २७, र २८ गते आयोजना गर्न लागेको विभागका अध्यक्ष गोपाल नेपालले जानकारी दिए ।
नेपालको कानुनी र राजनीतिमा नेम्वाङको महत्वपूर्ण योगदान गरेको कारण उनको योगदानलाई सम्मान एवं स्मरण गर्दै विद्यार्थीहरूमा कानुनी शिक्षा र वकालत गर्ने सीपहरू अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष नेपालले बताए ।
उनले भने,‘नेपालको कानुनी र राजनीतिक परिदृश्यमा उहाँको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको उद्देश्यः संविधान निर्माण र विधिको शासन कायम गर्न समर्पित नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको योगदानलाई सम्मान एवं स्मरण गर्दै विद्यार्थीहरूमा कानुनी शिक्षा र वकालत गर्ने सीपहरू अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराउदछु ।’
आयोजकका अनुसार प्रत्येक शैक्षिक संस्थाले रु दश हजार दर्ता शुल्क सहित चारजना विद्यार्थीहरूको एउटा टिम बनाई टिम दर्ता गराउनु पर्नेछ। एउटा टिमलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ। प्रत्येक शैक्षिक संस्थाले आज कार्यक्रमको घोषणा एवं पत्रकार सम्मेलन भएको मितिबाट सात दिन भित्र टिम दर्ता गराइसक्नुपर्नेछ ।
प्रतियोगितामा भाग लिन चाहने सहभागी समूहले कानून विभागले तोकेको म्याद भित्रै कलेजको अनुमति पत्र सहभागी समूहका सदस्य र सम्पर्क व्यक्तिको विवरण सहित गुगल फारम भरि टिम दर्ता गराउनु पर्ने आयोजकले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
67%
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ