Ad imageAd image

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द, दुई खच्चडको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

अछाम । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्।

११ वटाको जीवितै उद्धार भएको छ। आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो।यसैबीच, अछाम प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार पुलको एकतर्फको लठ्ठा चुँडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ ।

- Advertisement -
Ad imageAd image

आवतजावत बन्द हुँदा बिहान दैलेखबाट अछाम आएका विद्यार्थीलाई घर फर्किन समस्या भएको छ। बिहान पुल चुँडिनु भन्दा पहिले विद्यालय पुगेका बालबालिका अहिले पुलको छेउमा जम्मा भएका छन्।

दैलेखको आठबिस नगरपालिका-४ खिड्की ज्युला र ५ पिपलकोटका विद्यार्थी अछामको चिल्तडामा रहेको चण्डिका माध्यमिक विद्यालयमा पढ्छन्। विद्यार्थी घर फर्किनको लागि अब एकमात्र विकल्प डुङ्गाबाट घर फर्किनुपर्ने रहेको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
83%
4 km/h
बुध
22 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ