Ad imageAd image

‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् ।

‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको छ। संविधानको प्रस्तावनामै उक्त ब्याख्या छ’, उनले भने, ‘संसद्‍मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ?’

पाण्डेले सचिवालयलाई कानुन र संविधान हेरेर आफ्ना विषय अघि बढाउन पनि आग्रह गरे । ‘माओवादी जनयुद्धबारे जसरी संविधानमा शान्ति प्रक्रियामा उठेको छ। नियतको विषयबस्तु छ । जनयुद्ध र जनमुक्ति सेनालाई होच्याउने गरी अपमान गर्ने गरी बोलिएको थियो’, उनले भने, ‘भदौ १२ गते उक्त कुरा उठेपछि १३ गते हुँदै अहिलेसम्म मैले भनिरहेको छु ।अहिले आएर यो शब्दबारे जुन किसिमको ब्याख्या आएको छ यो बेठिक भएको छ । यो संविधान शान्तिप्रक्रिया र कानुनविपरीत हुन्छ।’

उता माओवादी सांसद देवेन्द्र पौडेलले पनि ‘हिंसा’ शब्दलाई लिएर देशको शान्ति प्रक्रिया भड्काउने कोसिस भएको बताएका छन् ।

- Advertisement -
Ad imageAd image

यसै विषयमा संसदमा तनाव उत्पन्न भएपिछ प्रतिनिधिसभा बैठक आइतबार बस्ने गरेर स्थगित भएको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
57%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ