Ad imageAd image

अनेसासको विश्व साहित्य सम्मेलन पोर्चुगलमा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

पोर्चुगल: अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ । तीन दिन सञ्चालन भएको सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे पनि सम्मेलनमा छलफल भएको छ । यस अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए ।

यस सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफलका साथै विभिन्न विधाका २५ वटा कृतिको विमोचन गरिएको थियो ।

सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायत निवासी साहित्यकार माया गुरुङ र डा सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठलगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राख्नुभएको थियो ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सम्मेलनले ठूलो भूमिका निर्वाह गरेको अध्यक्ष गोवद्र्धन पुजाले बताउनुभयो । सम्मेलनले नेपाली भाषा र साहित्यको थप प्रचार–प्रसारका साथै यसको संरक्षण र संवद्धर्न गर्नुपर्ने सन्देश दिएको उहाँको भनाइ थियो ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
50%
4 km/h
शनि
22 °C
आइत
25 °C
सोम
24 °C
मंगल
24 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ